१७ श्रावण २०८२, शुक्रबार
मानव वन्यजन्तु सहअस्तित्व प्रबर्धन र सचेतना अभिबृद्धिको लागी सडक नाटक

  • टाइम्स संवाददाता

  • १६ श्रावण २०८२, बिहीबार १२:५२

कोहलपुर  :   बाँके राष्ट्रिय निकुन्जमा पछिल्लो समय वन्यजन्तुको सख्या बढदै जाँदा संरक्षणमा काम गरिहेका सस्थाहरुले बन्यजन्तुको चोरी शिकारी नियन्त्रणको लागी समुदायस्तरमा सडक नाटक प्रर्दशन गरिएको छ ।
निकुन्जको मध्यवर्ती क्षेत्र भित्ररहेका समुदायका नागरिक बिद्यार्थीहरुलाई बाघ लगायतका वन्यजन्तुको महत्व संरक्षणमा भइरहेका प्रयास , वन्यजन्तु चोरी शिकारी गरे के कस्ता कानुनी ब्यवस्था रहेको छ भन्ने बिषयमा सडक नाटकमा प्रर्दन गरिएको जेडएस एल नेपाल कोहलपुर फिल्ड कार्यालयका प्रदीप सेढाइले बताउनु भयो ।
चोरी शिकारी नियन्त्रण युवा परिचालन कमिटीले मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र सहअस्तित्व झल्कने खाले सडक नाटक कोहलपुर नगरपालिकाको वडा नं २ को मध्यवर्ती क्षेत्रमा पर्ने मुक्ति टोलमा प्रर्दशन गरेको संरक्षण साझेदार सस्थाका मनिस घिमिरेले बताउनु भएको छ ।

 


यस्तो खाल सडक नाटक मध्यवर्ती क्षेत्रका नागरिकहरुलाई संरक्षणको भाव जगाउनुको साथै यसले वन्यजन्तुको अबैध क्रियाकलपा गर्नको लागी निरुत्साहित गर्ने खगेन्द्र श्रीस मगरले कोहलपुर टाइम्सलाई बताउनु भयो ।  पछिल्लो समय युवा युवती , बिद्यार्थी र शिक्षकहरु समेतले आफ्नो गाउटोलमा संरक्षणको बारेमा चर्चा हुदै आएको छन । पहिलो चरणमा कोहलपुर नगरपालिकाको मध्यवर्ती क्षेत्र भित्रका समुदायलाई मानव वन्यजन्तु सहअस्तित्व प्रबर्धन र सचेतना अभिबृद्धिको लागी सडक नाटक प्रर्दशन गरिएको छ ।
बाँके राष्ट्रिय निकुन्ज बाघ लगायका वन्यजन्तुको संरक्षणको लागी अब्बल बन्दै गएको छ । मध्यवर्ती क्षेत्र भित्रका आम नागरिकहरुको प्रयास ब्यवस्थापनका कारण संरक्षणमा फड्को मार्न सफल भएको छ
सडक नाटक सन्चालन र ब्यवस्थापनको लागी बाँके रािष्ट्रय निकुन्ज , जेडएस एल नेपाल ,वातावरण तथा ग्रामिण विकास केन्द्र इनरुडेक लगायतका सस्थाहरुले सहयोग प्रदान गरेको थिए ।

Nabintech