विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी
टाइम्स संवाददाता
२७ आश्विन २०८२, सोमबार १२:०३
काठमाण्डाै – प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज बन्धकहरू हस्तान्तरण गर्न थालेको हो ।
हमासले जीवित रहेका घोषणा गरेका २० मध्ये पहिलो चरणमा ७ जना बन्धक गाजा पट्टीमा रेडक्रसलाई हस्तान्तरण गरेको छ । उनीहरू अपहरणमा परेको ७ सय ३८ दिनपछि मुक्त भएका बीबीसीले जनाएको छ ।
दुई वर्षअघि हमासले इजरायलमा आक्रमण गर्दा दुई सय ५१ जनाको अपहरण गरी गाजामा बन्धक बनाएको थियो । उनीहरूमध्ये ४७ जना र अघिल्लो युद्धमा ज्यान गुमाएका एक सैनिकको शवसमेत गरी ४८ जना बन्धक हस्तान्तरण गर्न हमासले सहमति जनाएको छ ।