१ माघ २०८२, बुधबार
जीवीकोपार्जन समुहका सदस्यलाई बिक्तीय साक्षरता तालिम

  • टाइम्स संवाददाता

  • १९ मंसिर २०८२, बिहीबार १५:०८

कोहलपुर :  बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका जीवीकोपार्जन समुहका सदस्यहरुलाई बिक्तीय साक्षरता सम्बन्धीको तालिम कोहलपुरमा शुरु भएको छ ।वातावरण तथा ग्रामिण बिकास केन्द्र इन्रुडेकको आयोजना र जेडएस एल नेपालको आर्थिक सहयोगमा समुहको लेखा ब्यवस्थापन सम्बन्धीको प्रशिक्षक प्रक्षिण तालिमा शुरु गरिएको हो ।
कार्यक्रममा इन्रुडेक का अध्यक्ष धर्मलाल रोकायले यस तालिमबाट समुहको आर्थिक पारदर्शीताको लागी महत्वपुर्ण भुमिका खेल्नुका साथै समुहलाई चलायमान वनाउन समेत सहयोग पुग्ने बिश्वास लिएको बताएका थिए । बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले पहिलो चरणमा ६ वटा समुहलाई बिक्तीय साक्षरता सम्बन्धीको तालिमले समुहको आर्थिक लेखा राख्नको लागी ठुलो भुमिक हुनुका साथै समुहको आर्थिक क्रियाकलपाहरुमा समेत पारदर्शीता हुने हुदा यो लागी फदायिक भएको बताएका थिए । कार्यक्रममा जेडएसएल नेपालका फिल्ल अफिसर प्रदीप सेढाइले समुहको क्रियाकलपा अरुको लागी पनि बिश्वसनीय बनाउनको लागी आर्थिक स्पस्ट भएमा सबैले बिश्वास गर्ने भएको हुदा यो तालिमाबाट समुहका सदस्यहरुको लागी उपयोगी हुने बिश्वास लिएको बताएका थिए ।

कार्यक्रममा प्रशिक्षकारुपमा भरत अधिकारी , र निलकण्ठ अधिकारी रहेको आयोजकले बताएको छ । कार्यक्रम ३ दिन सम्म सन्चालन हुने बताइएको छ ।

Nabintech