कोहलपुर : बाँके राष्ट्रिय निकुन्जकोमध्यवर्ती क्षेत्रभित्र रहेका युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सिपमुलक तालिम प्रदान गरिएको थियो। सिपमुलक तालिम लिएका युवाहरु अहिले स्वरोजगार तर्फ उन्मुख भएका छन । बाँके राष्ट्रिय निकुन्ज , जेडएसएल नेपालको आर्थिक सहयोमा संरक्षण साझेदार सस्था इन्रुडेक बाँकेले ३९० घन्टे तालिम प्रदान गरेको थियो ।
मध्यवर्ती क्षेत्रका युवाहरुलाई जंगलको परनिर्भता कम गर्दै आयआर्जनमा जोडने अभिप्रयाले युवाहरुले सिपमुलका तालिम जस्तै हाउस वाइरिङ, प्लम्बिंग ,मोवाइल मर्मत ,इलेक्टिसियन ,प्रकृति पथ प्रर्दशक र डाइभिङ्ग तालिम प्रदान गरेसगै अहिले उनीहरु आत्मनिभर हुदै स्वरोजगार तर्फ उन्मुख भएको बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बताउनु भयो ।
तालिम पाएपछि आफूले गरेको तालिमलाई पुर्वरुपमा प्रयोगमा ल्याउदै आयआर्जन गर्न सकेको कालिमाटी गाउपालिका वडा नं ७ धुइयावारीका हेमराज बुढाक्षेत्रीले बताउनु भयो । उहाले , प्लम्बिंगको तालिम लिए पछि अहिले आफूले दुई चार जनालाई काम दिदै कोहलपुर क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । पहिले तालिम नहुदा गाउधघरमा बरालिएर बस्दै आउनु परेको उहाको भनाइ रहेको छ । निकुन्ज भकै कारणले आफुले यस्तो अबसर पाएर स्वदेशमै स्वरोजगार हुन सफल भएकोमा बाँके राष्ट्रिय निकुन्ज र सहयोग गर्ने सस्थाहरुले गरेको यो कार्यले आफनो जीवमा आर्थिक रुपमा समेत परिर्बतन आएको प्रति धन्यबाद समेत दिनु भएको छ ।
बाँके राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्र भित्र रहेका ठुलो सख्यामा युवाहरुले बिभिन्न तालिम लिएर आयआर्जन तर्फ उन्मुख हुन थालेको प्रति बाँके राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले खुसी ब्यक्त गर्नु भएको छ । अब मध्यवर्ती क्षेत्रका नागरिकहरुलाई बिस्तारै संरक्षण सगसगै समृद्धिमा जोडदै जाने अभियान निरन्तर रहेने सरोकारवालहरुले बताएका थिए ।
पछिल्लो समय बाँके राष्ट्रिय निकुन्जमा पर्यटकीय गतिबिधीहरु च्लायमान भएसगै नेचार गाइडहरुको पनि आयआर्जन बृद्धिहुदै गएको नेचरगाइड एसोसियसन बाँके अध्यक्ष भिम डाँगीले बताउनु भयो ।
अधिकाँश तालिम लिएका सहभागीहरुले तालिमलाई अझ एडभान्स खालको तालिम भएमा जिवीकोपार्जनमा समेत सहज हुने बताएका थिए । तालिम लिएका ३० जना युवायुवती अहिले स्वारोजगार भएको बताइएको छ । कार्यक्रममा मध्यवर्ती क्षेत्रका अध्यक्ष ,बाँके राष्ट्रिय निकुन्ज , जेडएसएल नेपाल र इन्रुडेकका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।