नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस गर्न निर्वाचन क्षेत्रीय कमिटीहरूलाई पुस २० सम्मको समय दिएकोमा धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । कतिपय कमिटीहरूमा छलफल जारी छ ।
केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन् । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । कतिपय क्षेत्रबाट भने एकजनाको नाममात्र सिफारिस गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ । यी हुन् एकल सिफारिस भएका उम्मेदवार
कोशी
१. केपी शर्मा ओली, झापा ५
२.सुहाङ नेम्वाङ, इलाम २
मधेश
१ . लीलानाथ श्रेष्ठ, सिरहा ३
२. लक्ष्मी महतो कोइरी, महोत्तरी १
३. हरि उप्रेती, सर्लाही ३
४.अजय गुप्ता, रौतहट १
बागमती
१. बद्री मैनाली, नुवाकोट १
२. मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)
गण्डकी
१. तिलक महत, नवलपुर २
२. मिलन गुरुङ, गोरखा २
लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १
२. सूर्य ढकाल, बाँके १
३. दलबहादुर सुनार, बाँके ३
४. विश्राम चौधरी, कपिलवस्तु १
कर्णाली
१. ध्रुव शाही, सुर्खेत १
२. कलाधर देवकोटा, सुर्खेत २
३. गुलाबजंग शाह, सल्यान
सुदूरपश्चिम
१. लेखराज भट्ट, कैलाली ४






