कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा न २ स्थित गोरखा युनाईटेड पब्लिक स्कुलमा १३औं फाउण्डर कप प्रतियोगिता खेल सप्ताह आज एक कार्यक्रमका वीच शुभारम्भभएको छ । २०८२ पौष २० देखि २५ गतेसम्म खेल सप्ताह हुने छ । हरेक वर्ष खेलकुद सप्ताहका रुपमा संचालन गर्दै आइरहेको गोरखा युनाइटेड पब्लिक स्कुलले यस वर्ष पनि ४ वटा सदनका छात्रा÷छात्रहरु बीच अन्तर सदनात्मक फुटबल प्रतियोगिता संचालन गरेको छ ।
विद्यालयका सञ्चालक अध्यक्ष केशर बहादुर आलेले फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्षले विद्यार्थीहरुलाई शिक्षाको मात्र ज्ञान नदिई आफू भित्रको प्रतिभालाई खेलको माध्यमबाट पहिचान गरी चौतर्फी विकासमा जोड दिन यस खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको थियो ।
खेलकूद विद्यार्थीको निम्ति आफ्नो क्षमता प्रर्दशन गर्ने अवसर समेत भएको बिद्यालयले जनाएको छ । वि.स. २०६५ सालदेखि विद्यालयका संस्थापकहरुको आफ्नो छुटै कोषबाट संचालन हुदै आइरहेको छ । खेल प्रतियोगितामा प्रथम हुने सदनलाई नगद रु २१ हजार, द्धितीयलाई रु ११ हजार दिइने छ भने संस्थापक, शिक्षक तथा कर्मचारी बीच हुने खेलमा विजेता टिमलाई रु १० हजार नगद पुरस्कार दिइने छ ।कर्ण बस्नेतले जानकारी दिनु भयो ।