१९ माघ २०८२, आईतवार
गोरखा युनाइटेड पब्लिक स्कुलले २५ औँ रजतजयन्ती मनायो

  • टाइम्स संवाददाता

  • १७ माघ २०८२, शुक्रबार १५:५४

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका–२ मा स्थापना भएको गोरखा युनाइटेड पब्लिक स्कुलले २५ औँ वर्ष पूरा गर्दै रजत जयन्तीलाई अभिभावक दिवससँग जोडेर मनाएको छ। ब्रिटिस लाहुरेहरुले नेपालमा केही गर्न सकिन्छ भन्ने उदेश्यका साथ स्थापना भएको विद्यालयले माघ १६ गते अभिभावक दिवस सम्पन्न गर्दै शिक्षालाई प्रबिधीसगै जोडदै शैक्षिक गुणस्तरलाई अझ अब्ल बनाउने जनाएको छ ।
दुईदिने रजत जयन्तीको पहिलो दिन विद्यालय प्रांगणमा विद्यार्थीहरूले तयार पारेका शैक्षिक प्रदर्शनी, सांस्कृतिक प्रस्तुति तथा अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविरले कार्यक्रम मुख्य आकर्षणको रुपमा रहेको थियो । सिर्जनात्मक स्टल र कला प्रदर्शनले अभिभावकको ध्यान केन्द्रित गरेको अभिभावक टर्क बहादुर खत्रीले बताउनु भयो । प्रबिधीदेखि नेपाली बर्णब्यन्जनलाई समेत पृथकता दिएको थियो ।

विद्यालयका संस्थापक अध्यक्ष केशरबहादुर आले मगरले २५ वर्षको यात्रामा साथ, सहयोग र विश्वास दिने अभिभावक, शेयरधनी, सञ्चालक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै गुणस्तरीय र व्यवहारिक शिक्षामा गोरखा स्कुल प्रतिबद्ध रहेको बताउनु भएको थियो
रजत जयन्तीले गोरखा स्कुललाई केवल विद्यालय मात्र नभएर समुदायसँग जोडिएको शैक्षिक परिवारका रूपमा प्रस्तुत गरेको छ।
अभिभावकहरुलाई स्वास्थय प्रति सचेत रहन र नियमत खानपिन र आनी वानीमा समेत सचेत रहनुको लागी स्वास्थय प्रशिक्षणले सचेत गराएको अभिभावकको प्रतिक्रिया रहेको छ ।

 

Nabintech