कोहलपुर : मध्यवर्ती क्षेत्र भित्रका युवाहरुलाई स्वारोजगार बनाउने उदेश्यले साना होटल तथा लज ब्यवस्थापन सम्बन्धीको १० दिने तालिम बाँकको कोहलपुरमा शुरु गरिएको छ । मानव वन्यजन्तु वीचको द्धन्द्ध न्युनिकरण गर्ने उदेश्यका साथ तालिम सन्चालन गरिएको हो ।
कार्यक्रमका प्रमुख आथिती बाँके राष्ट्रिय निकुन्जका निमित प्रमुख उत्तमकुमार चौधरीले निकुन्ज स्थापन पछि वन्यजन्तुको सख्या पनि बढदै गएको र स्थानीय नागरिकहरुलाई आयआर्जनतर्फ जोडनको लागी बिभिन्न खाले कार्यक्रमहरु सन्चालन भइरहेको बताउनु भएको थियो । पछिल्लो समय समुदायस्तरमा मानव वन्यजन्तु वीचको द्धन्द्ध न्युनिकरणको लागी सचेतनाका कामहरु द्र्रुत गतिमा भइरहेको बताउनु भएको थियो ।
मध्यवर्ती क्षेत्र भित्रका युवाहरुलाई संरक्षणको भाब जगाउदै उनीहरुलाई आयआर्जनमा जोडनको लागी होटल ब्यवस्थापन तालिमले युवाहरुलाई ठुलो सहयोग पुग्ने बाँके राष्ट्रिय निकुन्ज मध्यववर्ती क्षेत्र ब्यवथापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले बताउनु भयो ।


कार्यक्रममा इन्रुडेका बाँकेका रामकृष्ण धिनालले होटल ब्यवस्थापन तालिमाबाट युवाहरुलाई रोजागरी सृजना गर्नको लागी कोशेढुंगा सबित हुने भएको हुदा तालिम पश्चात सबै सहभागीहरुले ब्यवाहारमा उतर्ने बिश्वास लिएको बताउनु भएको छ ।
होटल ब्यवसायिक सघ नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलले तालिम पछि सहभागीहरुलाई रोजागरीको ग्यारेन्टी दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । पछिल्ले समय होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भएको थियो । यो तालिम युवायुवतीहरुको लागी अबसर रहेको बताउनु भएको थियो ।
तालिममा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानका सतिश मिश्रले प्रशिक्षण दिने बताइएको छ । सहभागीहरुलाई किचनको सरसफाई देखि कुक तालिम , होटल ब्यवस्थापन , अथिती सत्कार , कसरी खाना सप्लाई गर्ने , खानाको परिकार लगायतका बिषयमा प्रशिक्षण दिने बताइएको छ ।


कार्यक्रमको आर्थिक ब्यवस्थापन जेडएस एल नेपाल र इन्रुडेकाले गरेको हो । पछिल्लो समय युवाहरुलाई स्वदेशमै केही सम्भावना छर उनीहरुले संरक्षणमा खेलेको भुमिका महत्वपुर्ण रहेको सहभागी ब्क्ताहरुले बताएका थिए ।
जेडएसएल नेपाल फिल्ड अफिसर प्रदिप सेढाईले तालिममा बाँके बर्दिया दाङ सल्यान लगायतका मध्यवर्ती क्षेत्रका ४० जना युाहरुको सहभागीता रहेको बताउनु भयो । जंगलको परनिरभरता कम गर्नको लागी यो तालिम फलदायिक हुने जेडएसएल नेपालले अपेक्षा गरेको छ ।
कार्यक्रममा मध्यवर्ती क्षेत्रका अध्यक्ष , होटल ब्यवसायिक , वन तथा वातावरण संग सरोकार राख्ने सन्चाकर्मीहरुको सहभागीता रहेको थियो ।






