४ फाल्गुन २०८२, सोमबार
बाँके–१ मा रास्वपा उम्मेदवार सुरेश चौधरीको जित सुनिश्चित

  • टाइम्स संवाददाता

  • २२ माघ २०८२, बुधबार १०:३९

राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार सुरेश कुमार चौधरीले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। मंगलबार कोहलपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले थारू समुदायका करिब ४० हजार मतदाताको समर्थन आफूलाई प्राप्त हुने जिकिर गरे।

चौधरीले सडक पूर्वाधार र कृषिमार्फत समृद्धिलाई मुख्य प्राथमिकता राखेर चुनावी मैदानमा उत्रिएको बताए। विकासमा पछि परेका क्षेत्रलाई मूल प्रवाहमा ल्याउने प्रतिबद्धता जनाउँदै उनले संसद्मा जनताको आवाज बुलन्द गर्ने र नीति निर्माण तहमा उपेक्षित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने बताएका छन्।

यसैबीच, रास्वपाले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्दै संयमित ढंगले चुनावी अभियान सञ्चालन भइरहेको जनाएको छ।

Nabintech