२१ चैत्र २०८२, शनिबार
आबुधावीसहित मध्यपूर्वका अमेरिकी सैन्य बेसमा इरानको आक्रमण, हवाइमार्ग बन्द

  • टाइम्स संवाददाता

  • १६ फाल्गुन २०८२, शनिबार १७:२७

युएई- आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा इरानले आक्रमण सुरु गरेको छ। आज शनिबार लगातार ड्रोन मिसाल प्रहार गरी आक्रमणको प्रयास गरेको हो । इरानले आक्रमण गरेको जनाएपनि यूएईले यसको स्वतन्त्र पुष्टि गरेको छैन ।

अमेरिकाले आज बिहान इरानका आणविक उत्पादन क्षेत्रमा आक्रमण सुरु गरेकाले त्यसको जवाफी कारबाही स्वरूप मध्यपूर्वका अमेरिकन बेस क्याम्पहरुमा आक्रमण सुरु गरेको हो ।

इरानको आक्रमणलाई यूएईले आकाशमै डिस्पोज गरिदिएको छ । आबुधावीका आकाशमा ठूलो धुवाँसहित मुस्लो र ठूलो विस्फोटको आवाज गुन्जिएको छ ।

आबुधावीमा आक्रमण भए पनि यहाँको अवस्था सामान्य छ। यस्तै विष्फोटनका आवाज र ड्रोन हमला कतार र बहराइनमा पनि जारी रहेका छन्।

Nabintech