आसन्न निर्वाचनको माहोलसँगै बाँके निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनेको छ । सो क्षेत्रबाट उम्मेदवारी दिएका सूर्य ढकालले “समृद्धितर्फ पाइला चालौं, दिगो विकासको जग बसालौं” भन्ने नारासहित मतदातासमक्ष आफ्ना एजेन्डा प्रस्तुत गरेका छन् ।
ढकालले फाल्गुन २१ गते हुने मतदानमा सूर्य चिन्हमा मतदान गर्न अपिल गर्दै आफूलाई अत्यधिक बहुमतले विजयी गराउन आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनका अनुसार बाँके–१ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारको दृष्टिले नमूना क्षेत्र बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि बढाइएको हो । “स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछने,” छ ।
यसैबीच, निर्वाचन नजिकिँदै जाँदा क्षेत्रका विभिन्न स्थानमा घरदैलो कार्यक्रम, कोणसभा तथा अन्तरक्रियात्मक भेटघाट तीव्र बनेका छन् । मतदाताहरूले पनि उम्मेदवारका विकासका योजनाबारे चासो देखाइरहेका छन् ।
निर्वाचन आयोगले तोकेको मितिअनुसार फाल्गुन २१ गते मतदान हुँदैछ । उक्त दिन मतदाताले आफ्ना प्रतिनिधि चयन गर्नेछन् । बाँके–१ मा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।














