२१ चैत्र २०८२, शनिबार
काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०८२, शुक्रबार १८:१३

काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्।  उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।  त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्।यससँगै काठमाडौंका १० क्षेत्रमध्ये रास्वपाले ३ क्षेत्र जितिसकेको छ।

Nabintech