नेकपा एमालेले बझाङमा जीत हासिल गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले लोकान्तरलाई जानकारी दिए ।
निर्वाचन आयोगको तथ्यांक अनुसार एमाले उम्मेदवार महरले १८ हजार ५४३ मत पाए । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीले १६ हजार ३०४ मत पाए ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ । बझाङमा ५७ हजार ९५४ मत खसेको ५४ हजार ८३३ सदर भएको थियो । यहाँ ३ हजार १६१ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बनेपालीले जानकारी दिए ।











