२१ चैत्र २०८२, शनिबार
समानुपातिकतर्फ रास्वपाले कटायो १० लाख मत

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८२, आईतवार ०६:११

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।

त्यस्तै नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७ सय ३२, नेकपा एमालेले २ लाख ६९ हजार ७० र नेकपाले १ लाख १८ हजार ९ सय २० मत पाएको छ ।

राप्रपाले ७३ हजार १ सय ८१, श्रम संस्कृति पार्टीले ४२ हजार ७ सय ८७ मत पाउँदा राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६ सय २४ मत पाएका छन् ।

Nabintech