२६ कार्तिक २०८३, बुधबार
गोरखा युनाइटेडका शिक्षक तथा कर्मचारीले गरे प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०८३, शुक्रबार १२:१७

कोहलपुर  : भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीको कारण भएको ठूलो जनधनको क्षतिले सिंगो देशलाई नै मर्माहत बनाएको बेला गोरखा युनाइटेड पब्लिक स्कुलका शिक्षक तथा कर्मचारीले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

अकल्पनीय घटनाले सम्पुर्ण गोरखा युनाइटेड पब्लिक स्कुलमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी सबैलाई अत्यन्तै दुखी बनाएको भन्दैं स्कुलका शिक्षक तथा कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।

महाविपद्को समयमा मानवीय सेवा र राहतस्वरुप गोरखा युनाईटेड पब्लिक स्कुलमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले सामुहिक रुपमा एक लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हुन् ।
यसैगरी विद्यालयको तर्फबाट भने संस्थागतरुपमा प्याब्सन बाँके मार्फत सहयोग गर्ने गोरखा युनाइटेड पब्लिक स्कुलका प्रशासकीय अधिकृत कर्ण बहादुर बस्नेतले जानकारी गराउनु भयो ।

Nabintech