५ आश्विन २०८३, सोमबार
भोटेकोशी बाढीमा बेपत्ता बाबु–छोराको कुशको शव बनाएर अन्त्येष्टि

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०८३, सोमबार २०:०५

भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका कोहलपुर नगरपालिका–११ का आशाराम थारु र उनका छोरा पृथ्वी थारुको आज कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

बाढीमा परेर लामो समयदेखि बेपत्ता रहेका बाबु–छोराको परिवार तथा आफन्तले परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

शव अन्त्येष्टि कार्यक्रममा कोहलपुर नगरपालिका–११ का वडा सदस्य सुदन ढकालको समेत उपस्थिति रहेको थियो।

बाढीमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई वडा कार्यालयमार्फत राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाइएको छ। पीडित परिवारलाई आवश्यक सहयोग निरन्तर गर्दै जाने वडा कार्यालयले जनाएको छ।

Nabintech