६ आश्विन २०८३, मंगलवार
कोहलपुरको म्याक्स होटलमा प्रहरीको छापा, ४२ जना पक्राउ

इलाकाको एरियामा जिल्लाको छापा, इलाका बेखबर


  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८३, मंगलवार २०:५५

कोहलपुरस्थित म्याक्स होटलमा जिल्ला प्रहरी कार्यालय बाँकेले छापा हानेको छ। होटलमा अनलाइन बेटिङ भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतीक सिंह राठौरले जानकारी दिनुभयो।

प्रहरीका अनुसार छापा मार्ने क्रममा ४० भारतीय नागरिकसहित २ जना नेपाली गरी ४२ जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट २८ थान ल्यापटप र ७८ थान मोबाइल फोन समेत बरामद गरिएको प्रवक्ता राठौरले बताउनुभयो। अनुसन्धानका लागि होटल शील गरिएको समेत उहाले बताउनु भयो ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech