२४ आश्विन २०८३, शनिबार
ढकेरीमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते एक पक्राउ

  • टाइम्स संवाददाता

  • १० आश्विन २०८३, शनिबार ०६:५०

कोहलपुर– बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरी बजारमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। खुकुरी प्रहारबाट स्थानीय व्यवसायी राजकुमार खत्री र कमल ओली गम्भीर घाइते भएका हुन्। उनीहरूमाथि राजु बोहोरा लगायतको समुहले खुकुरी प्रहार गरेको थियोे ।
घटनापछि स्थानीय बासिन्दाले बोहोरालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते खत्री र ओलीको प्रारम्भिक उपचार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई भारतको लखनउ लगिएको छ।
घटनाको कारण तथा खुकुरी प्रहार गर्नुको वास्तविक कारणबारे कोहलपुर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Nabintech