कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीलाई बिदाइ तथा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत केशव पार्धेलाई स्वागत गरिएको छ।
नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारीमा करिब २५ महिना रहेर सेवा प्रदान गरेका गिरी मन्त्रालयको नियमित सरुवाअन्तर्गत बर्दियाको राजापुर नगरपालिकामा सरुवा भएको हो। उनलाई नगर प्रमुख पूर्णप्रसाद आचार्यले बिदाइ गर्दै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरे ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाबाट सरुवा भई कोहलपुर आएका पार्धेलाई नगर प्रमुख आचार्यले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
गिरीको कार्यकालमा कोहलपुर नगरपालिकाको सेवा प्रवाह तथा विकासका क्षेत्रमा भएका योगदानको प्रशंसा गर्दै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पार्धेको नेतृत्वमा नगरपालिकाको सेवा प्रवाह थप प्रभावकारी हुने आचार्यले बताए ।



















