३० कार्तिक २०८३, आईतवार
रवि–बालेनबीच चार घण्टा छलफल, के–के भयो कुराकानी ?

  • टाइम्स संवाददाता

  • १३ कार्तिक २०८३, बिहीबार ०५:०६

प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ ।

बुधबार बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी हुनुहुन्थ्यो । भेटमा नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी०, निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत विषयमा गम्भीर छलफल भएको बताइएको छ ।

भेटवार्तामा छलफल भएका विषयबारे दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।

Nabintech