३० कार्तिक २०८३, आईतवार
भावी प्रधान सेनापतिको रोलमा बसे अनुपजंग थापा, रथी बढुवाका लागि एकल नाम सिफारिस

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८३, शुक्रबार १४:५१

काठमाडौं – नेपाली सेनाका भावी प्रधान सेनापतिका रुपमा मानिएको यसपटकको रथी बढुवामा उपरथी अनुपजंग सिफारिस भएका छन् । उनी रथी बढुवा भएपछि अशोक सिग्देलपछि सेनापतिको रोलमा बस्नेछन् ।  रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो । केसी पनि मंसीर १५ गते अवकाश हुँदैछन् । त्यसपछि उनको ठाउँमा मधुकर कार्की सिफारिस हुने सम्भावना छ ।

बोर्डले थापाको बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सूचना सोमबार प्रकाशित भएको हो ।

रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापा सिफारिस भएका हुन्।

Nabintech