३० कार्तिक २०८३, आईतवार
पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

  • टाइम्स संवाददाता

  • १४ कार्तिक २०८३, शुक्रबार १८:२८

पत्रकार विश्वमणी सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रधान सम्पादक मात्रिका पौडेलका अनुसार, उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो ।

‘अहिले म पनि साइबर ब्यूरोमा जाँदैछु, समाचारको स्रोत खोज्न भन्दै समाचार कक्षबाटै उहाँलाई सादा पोशाकका प्रहरीले लगेको छ,’ पौडेलले भने । सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन् ।

Nabintech