नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले यही कार्तिक १९ गते बाँके जिल्ला अधिवेशन गर्ने गरि तयारी भएको जानकारी दिएको छ । आज आइतबार आयोजित पत्रकार सम्मेलनमा १५औं नियमित महाधिवेशन तयारी समितिका बाँके जिल्ला संयोजक कृष्ण बहादुर कार्कीले वडा, गाउँ, नगर, क्षेत्र हुँदै अब जिल्ला अधिवेशनको तयारीमा जुटेको बताएका छन ।
कार्कीले गगन थापाको बाल हठका कारण पार्टी दुर्घटनामा परेको जिकिर गर्दै न्यायिकरुपमा १५औं नियमित महाधिवेशनबाट आउने नेतृत्व नै कांग्रेसको आधिकारक नेतृत्व हुने दाबी गरे । ुविशेषतिर लागेको धेरैको शरीर उता भए पनि मन यतै छु, कार्कीले जिकिर गरे । पार्टीलाई जोगाउन अहिले आफूहरु न्यायिक लडाइँमा रहेको उनको भनाइ छ । पत्रकार सम्मेलनमा नेपाली काङ्रेस बाँके का पुर्व सभापती गजेन्द्र हमाल, काङ्रेस नेता याकुब अन्सारी, बाके क्षेत्र न १,२ र ३ का सभापतीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन क्षेत्र न १ का सभापती यज्ञ महराले गरेका थिय ।





















