२६ कार्तिक २०८३, बुधबार
फूल खेतीबाट आत्मनिर्भर बन्दै कोहलपुरका युवा

  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०८३, शुक्रबार १४:३३

कोहलपुर : नेपालमा रोजगारीको खोजीमा युवा जनशक्ति विदेशिने क्रम बढिरहेका बेला बाँकेको कोहलपुरका केही युवा भने आफ्नै गाउँठाउँमा कृषि उद्यममार्फत आत्मनिर्भर बन्न थालेका छन्। व्यावसायिक फूल खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाएका उनीहरूले यसबाट राम्रो आम्दानीसमेत गर्न थालेका छन्।
कोहलपुर नगरापलिका वडा न १२ सुन्दरबस्तीका युवाहरु पछिल्लो समय फूल खेतीप्रति आकर्षण बढ्ेसगै फूलखेतीबाट रामो्र आम्दानी पनि लिन थालेका छन । परम्परागत खेतीभन्दा फरक व्यवसायका रूपमा फूल खेती सुरु गरेका युवाहरूले यसलाई आम्दानीको राम्रो माध्यम बनाएका हुन्। विगत सात वर्षदेखि निरन्तर व्यावसायिक फूल खेती गर्दै आएका उनीहरू अन्य परम्परागत बालीको तुलनामा यसबाट बढी नाफा हुने भएपछि फूल ब्यवसायिक रुपमा थापा कृषि तथा नर्सरी फर्ममार्फत फूल खेती गर्दै आएका छन
पुष्प उद्यमी कर्णबहादुर थापाका अनुसार फूल खेतीबाट अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले यसलाई व्यावसायिक रूपमा निरन्तरता दिइएको हो। लामो समयको अनुभवले पनि फूल खेतीको सम्भावना बढ्दै गएको उनको भनाइ छ।
यस वर्ष उच्च गुणस्तरको कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ। १४ कठ्ठा क्षेत्रफलमा गरिएको खेतीबाट करिब ६ क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरिएको छ। उत्पादित फूल बिक्रीका लागि बजारसमेत व्यवस्थापन गरिएको छ। उत्पादन भएका सयपत्री फूल कोहलपुर, नेपालगन्ज र बाँसगढीका बजारमा स्टल राखेर बिक्री गर्ने तयारी गरिएको छ।
थापा कृषि तथा नर्सरी फर्मका सञ्चालक जयबहादुर बस्नेत स्थानीय स्तरमै फूल उत्पादन बढाउन सके बाहिरी जिल्लाबाट आयात हुने फूलमा निर्भरता घट्ने बताउँछन्। उनका अनुसार फूल खेतीले युवाहरूलाई आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्ने अवसरसमेत दिएको छ।

स्थानीय बजारमा फूलको उपलब्धता बढाउनुका साथै बाहिरबाट आयात हुने फूलको निर्भरता घटाउन व्यावसायिक फूल खेतीको प्राविधिक पक्ष पनि महत्वपूर्ण मानिन्छ। यसका लागि सम्र्बधन परियोजनाबाट प्राप्त प्राविधिक सहयोगले फूल खेतीमा संलग्न युवाहरूलाई सहज भएको छ। सम्र्बधनका पैरवीका अधिकृत जयन जोशीले बताएका छन ।
फूल खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न किसानलाई प्राविधिक ज्ञान, उत्पादन प्रविधि र व्यवस्थापनसम्बन्धी सहयोग आवश्यक हुन्छ। परियोजनाबाट उपलब्ध गराइएको प्राविधिक सहयोगले युवाहरूलाई फूल खेतीमा थप प्रोत्साहन मिलेको जोशीको उनको भनाइ छ।
फूल खेतीको सम्भावना बढ्दै गए पनि यसको दिगो विकासका लागि गुणस्तरीय बीउबिजन, सिँचाइ, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकारले पनि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाको सुझाव छ। विशेषगरी प्लास्टिकका कृत्रिम फूलको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूललाई प्राथमिकता दिन सके स्थानीय कृषि उद्यम प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कोहलपुरका युवाहरूले सुरु गरेको व्यावसायिक फूल खेतीले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै कृषि उद्यममार्फत आत्मनिर्भर बन्न सकिने सम्भावनासमेत देखाएको छ।

Nabintech