१८ बैशाख २०८१, मंगलवार
रुकुम पश्चिम लैजाँदै गरेको रासायनिक मल सुर्खेतबाट बरामद

  • टाइम्स संवाददाता

  • २ श्रावण २०७९, सोमबार १३:४३

सुर्खेत:सुर्खेत प्रहरीले रुकुम पश्चिमका लागि लैजाँदै गरेको ६४ बोरा रासायनिक मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुले आइतबार साँझ रासायनिक मल बोकेको ट्रक मदानेचौरबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ट्रकमा ६४ बोरा मल रहेको छ।

मलबारे अहिले थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ । बिल माग्दा पुरा बिल नदेखाएपछि ट्रक नियन्त्रणका लिइएको प्रहरीको भनाइ छ ।

Nabintech