१८ बैशाख २०८१, मंगलवार
हिरासतबाट बलात्कार मुद्दाका थुनुवा फरार

  • टाइम्स संवाददाता

  • १० श्रावण २०७९, मंगलवार १४:०२

बर्दिया: इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासतबाट बलात्कार अभियोगमा पक्राउ परेका एक थुनुवा फरार भएका छन ।बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवा बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खा‘ सोमबार दिउँसोबाट फरार भएका हुन ।

गत असार २३ गते पक्राउ परेका उनी सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरीले जनाएको छ । बाँसगढीकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

किशोरीका आफन्तले बाँसगढी प्रहरीमा जबरजस्ती करणीको मुद्दा दिएपछि बाँके प्रहरीको सहयोगमा उनीलाई खजुरामा पक्राउ गरेको थियो ।जिल्ला अदालत बर्दियामा पुन म्याद थप गर्न ल्याउने समय प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।बाँसगढी प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएको हो । फरार खा को खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

Nabintech