५ आश्विन २०८१, शनिबार
कोहलपुर नगरपालिकाले दियो बलत्कार आरोपि परिवारलाइ ५० हजार

यस बिषयलाई लिएर कोहलपुर नगरपालिका भित्र क्रियाशिल राजनैतिक दल, महिला अधिकारकर्मि तथा महिला अधिकारमा वकालत गर्ने संघ संस्था एबं नागरिक अगुवा किन आवाज बुलन्द गर्न सकिरहेका छैनन


  • प्रमोद रिजाल

  • १५ श्रावण २०७९, आईतवार १५:२९

कोहलपुर:कोहलपुर नगरपालिका वडा नं. १२ का बर्ष ४६ का कृष्णलाल कुवर बैशाख १९ गते सोहि वडा बस्ने ८ बर्षिया बालिका बलत्कारको आरोपमा पक्राउ पर्छन । अनुसन्धानकै क्रममा उनी पक्राउ परेको २३ औं दिनमा जेठ ११ गते प्रहरी हिरासतमैे पासो लगाइ मरेको भेटिन्छन । मरेका परिवारलाई काज क्रिया उपलब्ध गराउने निर्णय नगरपालिकाको नगर कार्यापालिकाले गर्छ र उन्को काजक्रिया सम्पन्न हुन्छ । यो कुनै सर्ट मुभिको स्क्रिप्ट हैन यो त हाम्रो नगरपालिका अपराध आरोपिलाइ अनुसन्धान जारी रहदै गर्दा कति सम्म उद्घार गर्न पछि पर्दैन भन्ने सानो उदाहरणको फेरिहिस्त स्वरुप हो ।

बालिका बलत्कारको आरोपमा अनुसन्धानकै क्रममा पासो लगाई मरेका परिवारले त ५० हजार पाए पिडित बालिकाले के पाइन यस बिषयमा नगर कार्यपालिकाको बैठकले केहि बोलेको पाइदैन ।

अबोध आठ बर्षिय बालिका मञ्जु नाम परिवर्तनलाइ ललाइ फकाई बलत्कार गरेको भन्ने आरोपमा प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेकै बखत निजले आत्महत्या गरेपछि घटनाले केहि टुइस्ट लिने हो कि आम नागरिकहरुले चासो
ब्यक्त गर्न लागेका छन । मृतकका परिवारलाई दिइएको काजक्रिया खर्चको रकम निजले आत्महत्या गरेर बहादुरी गरेकोमा दिइएको हो कि बलत्कार समेत गर्न सक्ने शाहसि भनेर दिइएको हो आम नागरिक अलमलमा परेका छन ।

केहिले यस बिषयलाई सामाजिक सञ्जाल चिया चौतारोमा चिया गफ समेत बनाउन भ्याइसकेका छन । तर पिडित बालिकाको भबिष्य र उन्को चासो र चिन्ता कतै गरेको पाइदैन । बलत्कार आरोपिको मुद्घा सरकारी वकिलको कार्यालयमा बुझाइसकिएको जनाउदै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवरत्न मल्लले अब अदालति फैसला बमोजिम पिडित बालिकाले न्याय पाउनेमा आफुहरु बिश्वस्त रहेको जनाएका छन ।

फैसला आउन र निज आरोपि दोषि रहे नरहेको पत्ता नलाग्दा सम्म अभियुक्त कुवरका परिवारलाई कृया खर्च भनेर कार्यपालिकाबाटै निर्णय गराएर दिनु आफैमा हास्यास्पद छ अपराधिलाई प्रोत्साहन र पिडितलाई दुरुत्साहन गरिएको भन्दै यस कार्यप्रति महिला अधिकारको क्षत्रमा क्रियाशिल महिलाहरुले आश्चर्य ब्यक्त गरेका छन ।
यो निर्णय ठाडो महिला हिंसालाई प्रोत्साहण गर्ने खालको छ यस्ता निर्णयको हामी कडा शब्दमा भत्र्सना गर्दछौं उनीहरुले भनेका छन ।
पिडित बालिकाले न्याय सहितको क्षतिपुर्ति पाउनुपर्नेमा पिडकले क्षतिपुर्ति पाउने यो कस्तो खालको निर्णय हो रहस्य गर्भमै रहेको छ ।

कतिपय जानकार नागरिकले पिडक कृष्णलाल कुवर कांग्रेसका सक्रिय कार्यकर्ता रहेको र वडा नं. १२ का वडाअध्यक्ष बीरेन्द्र बहादुर शाहको ठाडो प्रस्ताबमा सो निर्णय गरि सो रकम हत्याउन सफल भएको दाबि गरेका छन । यद्यपि यस बिषयमा बुझन खोज्दा उन्को फोन रिसिभ हुन सकेन ।

यस बिषयलाई लिएर कोहलपुर नगरपालिका भित्र क्रियाशिल राजनैतिक दल, महिला अधिकारकर्मि तथा महिला अधिकारमा वकालत गर्ने संघ संस्था एबं नागरिक अगुवा किन आवाज बुलन्द गर्न सकिरहेका छैनन कतै सबैको मिलिभगत हो कि यक्ष प्रश्न सम्बन्धित सरोकारवालातिर समेत तेर्सिएको छ ।

नगर कार्यपालिकाको जेठ ३० मा बसेको बैठकको निर्णय नं. ९ बिबिध ख मा उक्त रकम निकासा गर्ने बिषयमा कार्यपालिका स्तरिय निर्णय गर्दै विपद ब्यबस्थापन कोषबाट खर्च लेखांकन गर्ने गरि निज पिडकको परिवारलाई रु ५० हजार उपलब्ध गराउने निर्णय भएको थियो ।
हे.निर्णय तस्बिरमा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Nabintech