१८ बैशाख २०८१, मंगलवार
भन्सार छलिका कपडा कोहलपुरबाट बरामद

कुर्ता सलवार साडि गरि करीब ७० पिस बरामद


  • टाइम्स संवाददाता

  • २८ श्रावण २०७९, शनिबार ११:५०

कोहलपुर : इलाका प्रहरी कार्यालय कोहलपुले अबैध रुपमा भन्सार छलि ल्याइएका कपडा बरामद गरेको छ । बिहिबार साझ करिब ६ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं १ कौशिला नगरबाट भन्सार छलि गरि सुर्खेत लैजादै गरेको कपडा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले बरामद गरेको हो । रुपैडियाहाबाट क्यारिङ गरि ल्याइएका समानहरु नेपालगन्ज कोहलपुर लगाएतका ठाउ हुदै अन्य जिल्लामा समेत जाने गर्दछन । बरामद गरिएका कपडाहरुमा कुर्ता सुरुवाल र सारी गरि अन्दाजि  ७० पिस भन्दा माथि रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले  कोहलपुर टाईम्सलाई  बताए ।

बरामद गरिएका उक्त कपडा भन्सार कार्यालय बुझाउने तयारी भैरहेको प्रहरीले जनाईएको छ । भन्सार छलि लुकाई छिपाई कोहलपुर र कोहलपुरबाट दैनिक रुपमा लाखौका कपडाहरु भित्रिने गरेका छन । मुख्य नाकाबाट नभई चोरी नाकाको प्रयोग गरि नेपालीहरुले दैनिक रुपमा कपडा लगाएत दैनिक उपभोग्य समानहरु नेपाल भित्र्याउने गरेका छन ।रुपैडियाहा बजारमा रहेका ठुला ब्यापारीहरुले नेपालगन्ज, कोहलपुरका केहि व्याबसायिहरुलाई कपडा लगाएतका बस्तुहरु क्यारीङ मार्फत पुर्यादै आएको कोहलपुर टाईम्सले तथ्य फेला पारेको छ । रुपैडियाहाबाट समान पुर्याए बापत उनीहरुले ५ देखि दश हजार रुपैयाँ भाडा भनि लाने समेत गरेका छन ।

 

Nabintech