६ आश्विन २०८१, आईतवार
नरभक्षी बाघ खोज्दै निकुञ्ज

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार १५:१०

चितवन: आइतबार माडी नगरपालिका वडा नम्बर ६ स्थित सूर्यनाथ अधिकारी बाघले खाएको अवस्थामा भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघको खोजी कार्य तीब्र पारेको छ । आइतबार देखिनै निकुञ्जका सेना, सुरक्षाकर्मी,  मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारी र हात्ती सहितको टोली खटिएको निकुञ्जले जनाएको छ ।

बाघलाई क्यामरा ट्रयापिङ्गबाट देखिएको र उक्त नरभक्षी बाघको खुट्टाको पाईला ,पहिचान भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । ‘अहिले पाण्डवनगरको कांँस घारीमा बाघ छ भन्ने स्थानीयले जानकारी दिएका छन, उहांँले भन्नुभयो, हाम्रो हात्ती सहितको टोली त्यतातिर छौं ।’ एकपटक बाघले मान्छे खाएपछि निरन्तर  मान्छेलाई आक्रमण र खाने जोखिम रहेकोले खोजी कार्य जारी राखिएको उहांँको भनाई छ ।

बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिने र बाघको स्वभाव र आनीबानीमा सुधार भएपछि पुन जंगल छोडिने तिवारीले जानकारी दिनुभयो ।

Nabintech