१० मंसिर २०८१, सोमबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०७९, शुक्रबार ०६:४५

संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ।व। २०७७र०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।  राष्ट्रिय सभाको बैठक पनि आजै बस्नेछ । दिउसो एक बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

 

Nabintech