८ आश्विन २०८१, मंगलवार
दलहरुले आज र भोलि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने

आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन


  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार ०८:३२

काठमाडौं : नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन्। आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूची पेश गर्न दलहरुलाई दुई दिनको समय दिइएको छ। ‘आज र भोलि बन्दसूची पेश दहरुले बन्दसूची पेश गर्नेछन्। त्यसको सम्पूर्ण तयारी पूरा भएको छ।’ प्रवक्ता पौडेलले भने।

आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन्।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ। जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ। त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ। राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ।

असोज २२ गने बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ। यस्तै कात्तिक ९ गते बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ।

एउटै व्यक्तिको नाम एक भन्दा बढी दलको सूचीमा राख्न नपाइने तथा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दोहोर्याउन नपाइने प्रवक्ता पौडेलले बताए।

 

Nabintech