७ आश्विन २०८१, सोमबार
चोलेन्द्रको पक्षमा प्रदर्शन हुने भएपछि सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०७९, मंगलवार ११:३९

काठमाडौं –  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार वीर गोर्खाली अभियान, नेकपा (एमाले)  निकट अनेरास्ववियु र सय ग्रुपमा आबद्ध युवाले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो । चोलेन्द्रले निलम्बनकै अवस्थामा सर्वोच्च अदालत आएर कार्यभार सम्हाल्ने प्रयास गरेका छन् ।

यसअघि सरकारले चोलेन्द्रलाई उनको निवासमै रोकेको थियो ।

Nabintech