७ आश्विन २०८१, सोमबार
राष्ट्र बैंक अगाडी व्यापारीहरुको धर्ना, नेपालगञ्जका व्यापारीहरु आन्दोलित

ऋणको साँवा ब्याज असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतकिंत पार्ने गरेको ब्यापारीहरुको आरोप


  • टाइम्स संवाददाता

  • ७ आश्विन २०७९, शुक्रबार १४:०५

नेपालगञ्ज : नेपालगञ्जका व्यापारीले राष्ट्र बैंक अगाडी धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागु हुने गरी कारोबारको २० र २५ प्रतिशत ऋण लगानी गर्ने नीति ल्याएपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा व्यापारीले राष्ट्र बैंक अगाडी एक घण्टा धर्ना दिएका थिए । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सहजताका आधारमा व्यवसायलाई सहज हुने गरी नीति संशोधन गर्नुपर्ने बताए । उनका अनुसार ऋण, साँवा ब्याज असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतकिंत बनाइरहेका छन् ।

संघका महासचिव चिरञ्जीवी ओलीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बढाउने निर्णय तत्काल स्थगन गर्न माग गरे ।

दशैंको मुखमा आन्दोलनमा उत्रिएका व्यापारीले अवैध आयात रोक्न जोडदार माग गरेका छन् । उनीहरुले खुल्ला नाकाहरुमा कडाई गर्न नसकेपनि सिधा बाटोबाट आउने अवैध सामान रोक्न आग्रह गरेका छन् । त्यसका लागि शनिवार विहान उनीहरुले जमुनाहा नाकामा सचेतना कार्यक्रम गर्ने तयारी गरेका छन् ।

Nabintech