७ आश्विन २०८१, सोमबार
जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या भएको साढे २ महिनापछि आज अन्त्येष्टि गरिंदै

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७९, मंगलवार ०८:१३

काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भएको साढे २ महिनापछि आज (मंगलबार)  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिंदै छ ।  वौद्ध परम्परा अनुसार गरिने आबेको अन्त्येष्टिमा विश्वका २० देशका राष्ट्राध्यक्ष र १ सय बढी देशका प्रतिनिधिहरु सहभागी हुने भएका हुन् । सोही अन्त्येष्टिमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत जापान पुग्नुभएको छ । आबेको अन्त्येष्टि कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिने भएको छ ।

जापानका हजारौं सर्वसाधारण आबेको अन्त्येष्टिमा सहभागी हुन पाउने ब्यवस्था मिलाइएको छ । गत जुलाई ८ तारिखमा जापानको पश्चिमी शहर नारामा चुनावी सभाका क्रममा एक ब्यक्तिले आबेमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।  सन् २०१२ देखि २०२० सम्म आबे जापानको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

Nabintech