७ आश्विन २०८१, सोमबार
बडादशैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा आजा गरिँदै

  • टाइम्स संवाददाता

  • ११ आश्विन २०७९, मंगलवार ०८:१६

काठमाडौं –  नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ ।  ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । उनको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।  देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।​  नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।

नवरात्र सुरु भएसँगै देशभरका शक्तिपिठहरुमा विशेष रौनक छाएको छ । काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका दुर्गा मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ ।

Nabintech