७ आश्विन २०८१, सोमबार
सवारी साधनको ठक्करबाट काठमाडौं र ललितपुरमा एक–एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ आश्विन २०७९, शुक्रबार ०८:२४

काठमाडौं : ललितपुरको हरिसिद्धीमा हिजो बेलुकी पानी ट्यांकरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। हरिसिद्धि पेट्रोल पम्प स्थित सडक खण्डमा हात्तिवनबाट गोदाबारी तर्फ जाँदै गरेको ना.४.ख.३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन।  गम्भिर घाइते भई उपचारको लागि पाटन अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत सातदोबाटोले जनाएको छ।

यस्तै हिजो साँझ काठमाडौंको नागार्जुन नगरपालिका ६ घट्टकुलोमा मोटरसाइकालले ठक्कर दिँदा स्थानिय कृष्ण गिरीको मृत्यु भएको छ। बा.प्र ०२–०२८ प ८८२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका गिरिलाई ठक्कर दिदा गम्भिर घाइते भई उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु पठाइएकोमा उपचारको क्रममा राति मृत्यु भएको हो।

मोटरसाइकल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेको र नागार्जुन नगरपालिका ८ का मोटरसाइकल चालक २१ वर्षिय समिर तामाङ फरार रहेको प्रहरीले जनाएको छ।

Nabintech