७ आश्विन २०८१, सोमबार
नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटना

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:०५

नेपालगञ्ज : नेपालगञ्ज क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । अन्य दुई क्षेत्रमा पनि उद्घाटन गरिँदै छ ।नेपालगञ्जको रामलिला मैदान पूर्वमा रहेको पशु कार्यालय हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ ।

यहाँ जिल्ला न्यायाधिश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

बाँकेमा तीनवटा निर्वाचन क्षेत्र रहेको । मंसिर ४ गते हुने चुनाव लक्षित गतिविधी बढ्दै गएको छ । फिक्स भएका उम्मेदवारले घरदैलो शुरु गरिसकेका छन् भने नाम सिफारिस भएकाहरु टिकटका लागि दौडधुप गरिरहेका छन् ।

Nabintech