७ आश्विन २०८१, सोमबार
हनुमानढोकामा फुलपाती भित्र्याइयो, घर घरमा फुलपाती भित्र्याइदै

पृथ्वी नारयण शाहको पाला देखि नै दशैंको शुभ फुलपातीहरु गोरखाबाट डोलिमा बोकेर काठमाण्डौ ल्याई सप्तमीका दिन बसन्तपुरको हनुमानढोका दरबारमा फुलपाती भित्र्याउने परम्परा रहदै आएको छ


  • प्रमोद रिजाल

  • १६ आश्विन २०७९, आईतवार १८:३८

काठमाडौं: आज दशैँको महासप्तमी अर्थात घरघरमा फूलपाती भित्र्याउइएको छ । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमान ढोकाको दशैँघरमा महासप्तमीका दिन फूलपाती भित्र्याउने साइत मिलाएर टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ ।

फूलपातीको बडाईंमा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्री तथा वरिष्ठ सरकारी अधिकारीहरू उपस्थित थिए।

सैनिक मञ्च टुडिखेलबाट सैनिकहरुको टुकुडिले बिभिन्न सैनिक कवज प्रर्दशन गर्दै बाजागाजासहित गोरखाबाट जमलसम्ममा ल्याइएको फूलपातीलाई बसन्तपुर स्थित हनुमानढोकास्थित दशैं घरमा लगिएको छ । भोलि बडा दशैंको आठौं दिन काल भैरब परीसरमा कालो बोकाहरुको बलि दिई बडादशैंको महाअष्टमी पर्ब धुमधामले मनाउने कार्यक्रम रहेको छ।

यसैबिच अहिले हरेक नेपालीका घर घरमा फुलपाती भित्र्याइदै छ । घटस्थापनाका दिन बिधिबत जमरा राखि शुभारम्भ गरिएको दशैं कोठामा धानका बाला, फुलपाती, अदुवा, बेसार, उखु लगाएत नयां फलेका खाद्यान्नका बिरुवा र बालि सहित दशैं भित्र्याउने चलन रहेको छ ।
काठमाण्डौमा सैनिकहरुले पृथ्वी नारयण शाहको पाला देखि नै दशैंको शुभ फुलपातीहरु गोरखाबाट डोलिमा बोकेर काठमाण्डौ ल्याई सप्तमीका दिन बसन्तपुरको हनुमानढोका दरबारमा फुलपाती भित्र्याउने परम्परा रहदै आए बमोजिम आज पनि सैनिकले बग्गीमा राखि मंगल धुनका साथ दशैं भित्र्याएको हो ।

Nabintech