७ आश्विन २०८१, सोमबार
साउदले छातिमै उमारे दशैँको जमरा

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार १८:५२

धनगढी : कैलालीमा एकजनाले आफ्नो छातिमा दशैँको जमरा उमारिरहेका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित वडानम्बर ९ मुरकट्टीका नरबहादुर साउदले छातिमा जमरा उमारिरहेका हुन्।

उनले घटस्थापनादेखि व्रत बसेर छातिमा जमरा उमारिरहेको बताए। घटस्थापनादेखि विधिवत पूजापाठ गरेर उनले छातिमा जमरा उमार्न घरमै उपवास बसेका छन्।

‘एकपटक मात्र खाना खान्छु। त्यो पनि रोटीमात्र’, उनले भने, ‘नवरात्रको व्रत बसेको हुँ। नवरात्रको व्रतका साथसाथै भगवतीप्रति आस्था रहन्छ भनेर यसरी जमरा उमारिरहेको छु।’

उनले नुहाउन तथा शौचालय जाँदा पत्नीलाई उक्त जमरा छातीमा राख्न लगाउने गरेको बताए। उनले रातदिन जमरा छातिमा राखेर उमारिरहेका हुन्। अब नवमीको दिन बलि दिएर जमरा काटिने उनको भनाइ छ।

Nabintech