७ आश्विन २०८१, सोमबार
बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ३७ घाइते

  • टाइम्स संवाददाता

  • १७ आश्विन २०७९, सोमबार ०९:०३

हेटौंडा : हेटौंडामा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बसमा सवार अन्य ३७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक आइतबार राति रात्रि बस दुर्घटना हुदा बसमा सवार एक यात्रुको मृत्यु भएको हो।

काठमाडौंबाट दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको रात्रि बस आफै अनियन्त्रित भई नालीमा खस्दा बसमा सवार  झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने  ६० बर्षीय दिल्ली बहादुर दर्जीको मृत्यु भएको हेटौंडा प्रहरीले जनाएको छ। उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

त्यसैगरी बसमा सवार अन्य  ३७ जना घाइते रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए। उनीहरूको  मध्य केहीको हेटौंडामा ,चितवन र काठमाडौंमा उपचार भइरहेको उनले बताए।  घाइते अधिकांश प्रदेश नम्बर १ का रहेको जनाइएको छ।

 

Nabintech