काठमाडौं: डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गु भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेङ्गुका संक्रमितको संख्या ३१ हजार नाघेको छ ।
पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए । बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गुको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उनको भनाइ छ ।