७ आश्विन २०८१, सोमबार
टीका थाप्न जानेक्रममा दुर्घटनामा परेर अनेरास्ववियु रूपन्देही सहसचिव चौधरीको मृत्यु

  • टाइम्स संवाददाता

  • २० आश्विन २०७९, बिहीबार ०७:०४

रूपन्देही / अनेरास्ववियु रूपन्देही सहसचिव झरना चौधरीको दशैँको टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ ।  बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।

२० वर्षीय चौधरी केही समयअघि एमालेको कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकी थिइन् ।  तराईमा कम उमेरका छात्राहरूमा निकै राम्रो क्षमता देखाएर राजनीतिमा आएकी चौधरीको निधनले संगठनलाई अपूरणीय क्षति भएको पाण्डेले बताए ।  घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेको पाण्डेले बताए ।

Nabintech