कोहलपुर: कोहलपुरमा आयोजित एक कार्यक्रममा हरेक व्यक्ति स्वस्थ तन्दु्रस्त रहनका लागि मानसिक रुपमा स्वस्थ रहन आवश्यक रहेको बताइएको छ । कोहलपुर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा बोलने अधिकांश अतिथीहरुले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने औंलयाएका छन । मानसिक स्वास्थ्य सम्बन्धी समस्याको समाधानका लागि मनोबिर्मश जस्ता मनोसामाजिक परामर्श रतालिम आयोजना गर्ने तथा जनशक्ति व्यवस्थापनका लागि पनि काम गर्ने कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन । उनले विशेषगरी मानसिक परामर्शदातालाई सबैको पहुँचमा पुरयाउनका लागि नगरले बिभिन्न खाले काम गरिरहेको उल्लेख गरे । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ अनुसार नेपालीहरूमा विशेषगरी चिन्ताजन्य र उदास रहने समस्या धेरै भएको पाइएको छ ।
मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै न्यूनिकरणका लागि पर्याप्त पहल गर्नुपर्ने सहभागिहरुको भनाई थियो । सोमबार कोहलपुरमा विश्व मानसिक स्वास्थ्य दिवस,‘विश्वव्यापी प्राथमिकता, मानसिक स्वास्थ्य सबलता’ भन्ने नाराका साथ यो दिवस मनाईएको हो । नेपालको कुल जनसङ्ख्याको २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको सरकारको तथ्याङ्कले देखाउँछ । विश्वभर करिब आधा अर्ब मानिसहरू कुनै न कुनै मानसिक समस्यामा रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ ।
सन् २०१३ मा भएको देशव्यापी सर्वेक्षणले करिब १२ प्रतिशत वयस्क नेपालीमा डिप्रेसन अर्थात उदासिनता अनि २३ प्रतिशतमा एन्जाइटी अर्थात चिन्ता लाग्ने रोग भएको पाइएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्वागत मन्तव्य राखेका थिए ।