८ आश्विन २०८१, मंगलवार
बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार ०७:५१

बाँके :  नेकपा एमाले बाँके र राप्रपा बाँकेले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएका आ आफ्ना पार्टी सदस्यलाई कारवाही गरेका छन। नेकपा एमाले बाँकेले पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्यीय तीर्थ डाँगीले प्रदेश सभा सदस्यकाे लागि बाँके निर्वाचन क्षेत्र न १ क बाट स्वतन्त्र उमेदवारी दर्ता गराएकाे कारबाही गरेकाे हाे।

पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य डाँगीलेलाई कारवाही गरिएको एमाले बाँके जिल्ला उपाध्यक्ष डिल्ली बि.सीले जानकारी दिए । यसैगरी राप्रपा बाँकेले पार्टीको को निर्णयविपरीत स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्यकाे उम्मेदवारी दिएका बाँके जिल्ला सदस्य प्रदिप जंङ्ग शाह र बाँके क्षेत्र न १ ख मा स्वतन्त्र उमेदवारी दिएका राप्रपा काेहलपुर नगर अध्यक्ष अमर जंग शाह( अर्जुन)लाई कारवाही गरिएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह संयाेजक ऋषिराम देवकोटाले जानकारी दिए। दुबै दलले संयुक्त पत्रकार सम्मेलन गरि बागी उमेदवारी दिने आ आफ्ना पार्टीका सदस्यलाई कारवाही गरेकाे जनाएका हुन।

Nabintech