८ आश्विन २०८१, मंगलवार
देशको अवस्था परिवर्तन गर्ने जुन सपना र आश्वासन देखाइयो सबै गलत रहेछ : थारु

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार १४:२६

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी माओबादीे केन्द्रको उत्पीडन सहेर नेपाल कम्युनिष्ट पार्टी एमालेमा फर्किएका दर्गा प्रसाद थारु चुनाबी मैदानमा खरो उत्रिनु भएको छ । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नं १ को (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार थारु चुनाबी मैदानमा खरो उत्रिनु भएको हो ।

उहाँ अहिले समद्ध गाउँ र बिकसित शहर बनाउने बिकासका एजेण्डा बोकेर चुनावी अभियानमा होमिनु भएको छ । उहाँले भन्नुहुन्छ “मेरो बाल्यकाल एकदमै दुख्दमा बित्यो । म पाँच बर्षको हुँदा हजुरबुवाले गाउँकै एकजना साहुबाट सातबिसे ऋण लगेर किन्नको रागा मरेपछि सातबिसे ऋण तिर्न नसक्दा १३ बर्षसम्म आफुहरुले उब्जाएको अन्नबाली एकदाना समेत खान नपाइ साहुले उठाएर लग्दा घरमा भोकमरी आएको तित्यो सत्य मलाइ अझै सम्झना छ । १३ औ बर्ष सम्मको यो पक्रियाले उब्जाएको पारिवारीक घटना र घरको नाजुक स्थितीको बाध्यताले १५ बर्षकै कलिलो उमेरमा माओवादी पार्टीमा लाग्नुपर्ने बाध्यता भयो उहाँले भन्नुभयो । ”

२०५३ सालमा माओवादी पार्टीको सदस्य बनेपछि राजनीतिक यात्रा सुरु भएको थारुले बताउनुभयो । माओवादीमा हुँदा छापामार दलमा समाहित भएर सातवटा डिभिजन मध्यको छ नम्बर डिभिजन सुर्खेत दशरथपुरमा सहायक कमान्डर भएसंगै अवकास प्राप्त समेत गरिसकेको उहाँले बताउनुभएको छ ।

पार्टीमा आफुले कमान्डरको जिम्मेवारी समालिरहँदा माथिल्ला तहका कमान्डर,नेताले चरम रुपमा भ्रष्टाचार गरेको देखेपछि भ्रष्टाचार बिरुद्ध बिद्रोह गर्न थाल्दा मोहन वैद्य गुटको असन्तुष्टि पक्षको परिवर्तन नचाहने जलसुत्रवादी सिद्धान्त बोकेको व्यक्ती भनेर लाल्क्षना लगाइएको तितो अनुभब भोगिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मैले माओवादी पार्टीमा रहेर पनि धेरै संर्घषपुर्ण यात्रा गरे । उहाँले मलिन उदास अनुहार बनाउदै भनुभयो “देशको अवस्था परिवर्तन गर्ने जुन सपना र आश्वासन देखाइएको सबै गलत रहेछ भन्ने थाहा भएपछि माओबादीले हतियार उठाएकै दिन मैले हतियार त्याग गरेको उहाँले भन्नुभयो । ”

राजनीतिबाटनै सन्यासी दिनै लागेका थारु नेकपा एमालेको बहुदलिय जनबादको नीति र योजनाले राजनीतितर्फको चाख बढाउन थालेको उहाँले बताउनुभयो । “२०७४ सालको निर्वाचन पश्चात एमालेका अध्यक्ष केपी ओलीले जनताको हितमा ल्याएका योजना नितीहरुका काममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाधा पु¥याएपछि जनताको हकहितमा हुने कामलाइ अपुरो राख्नुहुदैन भन्ने उद्देश्यले नेकपा एमालेलाइ अंगाल्दै सामाजिक जनचेतनामा केन्द्रित हुन थालेको उहाँले दाबी गर्नुभयो ।

उहाँ भन्नुहुन्छ “जनताले सही नेता छनोट गर्न नसक्दा पटक पटक जनता मुर्ख मात्र बनिरहेका छन् । यो भन्दा पहिले जितेर गएका नेताले पनि आश्वासन मात्र दिए तर अहिलपनि जनताको अवस्था जस्ताको त्यस्तै छ । तर यस पटक जनताले सहि उम्मेद्वारलाइ मतदान गरेर समृद्ध नेपाल बनाउन सहयोग गर्न उम्मेद्वार थारुले सुझाब समेत दिनुभएको छ । आउदै गरेको प्रदेश सभा सदस्य चुनाबमा जनताले नेकपा एमाले र आफुलाइ बहुमतले बिजय गराए अवका दिनमा बाँकेको मुहार मात्र नभइ समग्र देशको बिकास हुनुमा बिश्वस्त रहेको थारुले बताउनुभयो ।

Nabintech