८ आश्विन २०८१, मंगलवार
नेकपा माओवादी केन्द्र बाँके भाडभैलोको स्थितीमा

सुनारलाई नेकपा माओवादी केन्द्रमा प्रवेस गराएसँगै उहाँलाई एक समूहले आधिकारिक उम्मेदवार घोषणा गर्दै आएको छ


  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०७९, मंगलवार ०७:१५

कोहलपुर, बांके: नेकपा माओवादी केन्द्र बाँके दुइ धारमा विभाजन भएसगै माओवादी केन्द्र भाडभैलोको स्थितीमा पुगेकोछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं. ३ क मा उम्मेदवारीका विषयमा पार्टीका नेताहरुले दुइ धारमा सार्वजनिक वक्तव्य बाजीमा उत्रेका छन् । पार्टीको क्षेत्र नं.३ क को लेटर प्याडमा यही ६ गतेको चलानी नं. ६ उल्लेख गरि प्रेस विज्ञप्ती जारी गर्दे विस्तारित बैठक भनेर पार्टीका नेता स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनाएको जानकारी दिइएको थियो ।

सो विज्ञप्तीमा संयोजक दिपेन्द्र शाह युगान्त, सचिब महेन्द्रबहादुर शाही, बैजनाथ गाउँपालिका अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार वि.क.ले सयुक्त रुपमा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा सुनार आधिकारीक उम्मेदवार भएको आम जानकारीका लागि प्रेसित गर्नु भएको थियो । हिज ७ गते साँझ ५ बजे देखि बाँके जिल्लामा रहेका नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्यहरु पुर्णा कुमारी सुवेदी, महेश्वर गहतराज अथक, पार्वती पुन उषा, कृष्णा केसी नमुना, नरेन्द्र न्यौपाने, अन्जना चौधरी अर्पणा, आइपी खरेल र अशोक रोकाय ‘केन्द्रिय अनुशासन आयोगका सचिव’ सहितको बैठकले सो निर्णय पार्टीको निर्णय भन्दा बाहिरको भएको निष्कर्ष निकालेको छ ।

नेकपा माओवादी केन्द्रले बाम लोकतान्त्रिकको उम्मेदवारको रुपमा इन्द्रप्रसाद खरेल आइपीको उम्मेदवारी दर्ता गराएको थियो । तर नेकपा एकिकृत समाजबादीका पोलिटव्यूरो सदस्य समेत रहेका स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुनारलाई नेकपा माओवादी केन्द्रमा प्रवेस गराएसँगै उहाँलाई एक समूहले आधिकारिक उम्मेदवार घोषणा गर्दै आएको छ । यही कारण नेकपा माओवादी केन्द्र बाँकेमा दुइ धारबीच वक्तव्यबाजी हुँदै भाडभैलोको स्थितीमा आएको छ । हिज सात गते साँझ बसेको बैठकको निर्णय सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै अर्का उम्मेदवार खरेलले पार्टीको लेटरप्याड प्रयोग गर्नुु अराजक भएको बैठकको निष्कर्ष भएको उल्लेख गर्नु भएको छ ।

यसका साथै खरेलले जिल्ला संयोजक डम्बर बिक तुफान र सचिव डिल्ली बराल अमीरसँग आज ८ गते विहान आफुहरुले गरेको निर्णयमा सहभागी गराउने अन्यथा जिल्ला इन्चार्ज पूर्णा कुमारी सुवेदीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरी खरेल रहेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने निर्णय भएको फेसबुकवालमा उल्लेख गर्नु भएको छ ।

Nabintech