८ आश्विन २०८१, मंगलवार
फिलिपिन्सको उत्तरी क्षेत्रमा ६.७ म्याग्निच्युडको भूकम्प

  • टाइम्स संवाददाता

  • ९ कार्तिक २०७९, बुधबार १५:१०

मनिला: उत्तरी फिलिपिन्समा मङ्गलबार राति ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ  ।

यस भूकम्प केन्द्रविन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन । भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ । फिलिपिन्समा प्रशान्त महासागरको “रिंग अफ फायर“ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।

Nabintech