८ आश्विन २०८१, मंगलवार
बुलिङटार दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

  • रासस 

  • १३ कार्तिक २०७९, आईतवार ०८:०४

मध्यविन्दु : नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा बिहान भएको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको छ। रम्भा गाउँपालिका–१ हुगीका ४१ वर्षीया तारा विक, सोही ठाउँका १७ वर्षीय विनथ विक,  ६२ वर्षीया  धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर की ४५ वर्षीया जुलमाया माझीको मृत्यु भएको हो।

चालक रामपुर नगरपालिका-३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ र सहचालक रामपुर ५ बेझाडका साजन श्रेष्ठसहित २३ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट लगिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व)का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकलाई उदृत गर्दै पत्रकार प्रकाश ज्ञवालीले बताए।

रम्भा गाउँपालिका–१ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बस यात्रु बोकेर मनकामना दर्शनका लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे मथारमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १०० मिटर तल कालिगण्डकी किनारमा पुगेको छ।

दुर्घटनामा परेको बसमा रम्भा १ हुँगी अन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी सवार थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech