८ आश्विन २०८१, मंगलवार
पश्चिम नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १५ कार्तिक २०७९, मंगलवार ०७:००

काठमाडौं : पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ। सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू पिकनिक गएर र्फिर्कँदा डुंगा दुर्घटनामा परेको हो।  पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए।

डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो। अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍याएको केही समयमै मृत्यु भएको हो।  अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

 

Nabintech