जुम्ला : नेकपा (एकीकृत समाजवादी) जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपाने एमालेमा प्रवेश गर्ने भएका छन् । पार्टी हितविपरीतका गतिविधि गर्दै आएका उनी एमाले प्रवेशको तयारीमा लागेका हुन् । न्यौपानेले जुम्ला कमिटी एमालेमा समाहित हुने दाबी गरे । सञ्चारकर्मिसंग कुरा गर्दै उनले भने– ‘हामी तयारी गरिरहेका छौं जेहोस् अधिकांश साथीहरू एमालेमा जानुहुन्छ ।’
एमालेका केन्द्रीय सदस्य तथा जुम्ला इन्चार्ज रतननाथ योगीले समाजवादी पार्टीको करिब ७० प्रतिशत कमिटी एमालेमा समायोजन हुने दाबी गरे । यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीले न्यौपानेसहित जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूलाई निष्काशनको घोषणा गरेको छ ।